गृहपृष्ठ आज नेपालका यी नौ जिल्लामा भेटिएनन् एक जना पनि कोरोना संक्रमित
आज नेपालका यी नौ जिल्लामा भेटिएनन् एक जना पनि कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा मुलुकका यी ९ जिल्लामा कोरोना भाइरस संक्रमित देखिएनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को खोटाङ जिल्लामा कोरोना संक्रमित भेटिएनन् । त्यस्तै प्रदेश २ र बागमती प्रदेशका सबै जिल्लामा संक्रमण देखिएको छ ।
प्रयोगशाला परीक्षणका क्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा पछिल्लो २४ घण्टामा कसैलाई पनि कोरोना संक्रमण नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै, लुम्बीनी प्रदेशको सम्पूर्ण जिल्लामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशको डोल्पा, हुम्ला र मुगु जिल्लामा संक्रमित भेटिएनन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशको बाजुरा, दार्चुला र डोटी जिल्लामा पनि कोरोना संक्रमित देखिएनन् । यस्तै ४३ जिल्लामा पाँच सयभन्दा बढी र १५ जिल्लामा दुई सय बढी कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।






