गृहपृष्ठ हेर्नुहोस नेपालमा आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?
हेर्नुहोस नेपालमा आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ७४५ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ५१ जना र ११ देखि २० वर्षका १५६ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ३९१ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ३६७ जना रहेका छन् । ४१ देखि ५० वर्षका २६८, ५१ देखि ६० वर्षका २२८ जना, ६१ देखि ७० का १३४ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ५१ जना, ८० देखि माथिका २९ जना र उमेर नखुलेका ६ जना रहेका छन् । अहिले देशभर ९६७ जना आईसीयूमा र २८५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





