गृहपृष्ठ कोरोना अपडेटः आज नेपालमा यतिजना संक्रमित थपिदा,यति संक्रमित भए संक्रमण मुक्त
कोरोना अपडेटः आज नेपालमा यतिजना संक्रमित थपिदा,यति संक्रमित भए संक्रमण मुक्त
पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १,३५३ र ३,८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ७ रहेको छ ।
त्यस्तै संक्रमणका कारण ३४ जनाको ज्यान गएको छ । नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ९ जनाको मृत्यु भएको छ ।





