गृहपृष्ठ नेपालमा आज सोमबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा आज सोमबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ४४४ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ५१ जना र ११ देखि २० वर्षका ११९ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ३७४ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ३५३ जना रहेका छन् । ४१ देखि ५० वर्षका २४९, ५१ देखि ६० वर्षका १७९ जना, ६१ देखि ७० का ११० जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ५३ जना, ८० देखि माथिका १९ जना र उमेर नखुलेका २ जना रहेका छन् । अहिले देशभर ६५७ जना आईसीयूमा र १९३ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






