गृहपृष्ठ नेपालमा कोरोना संक्रमणबाट कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?
नेपालमा कोरोना संक्रमणबाट कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन् । त्यस्तै अहिलेसम्म ९ हजार ७१ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका ४० जना र १० देखि १९ वर्षका ४५ जना रहेका छन् ।
त्यस्तै, २० देखि २९ सम्मका २६९ जना रहेका छन् । ३० देखि ३९ वर्षका नागरिक ७५४ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ३२८ र ५० देखि ५९ वर्षका १ हजार ७८१ जना रहेका छन् ।
कोभिड-१९ को संक्रमणबाट हालसम्म ज्यान गुमाउनेहरु ६० वर्षभन्दा माथिका रहेका छन् । हालसम्म ६० वर्ष भन्दा माथिका ४ हजार ८ सय ५४ जनाले ज्यान गुमाइसकेका छन् ।
हाल देशभर ३३८ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै अहिले देशभर ६४९ जना आईसीयूमा र १८४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






