गृहपृष्ठ हेर्नुहोस आज बिहिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
हेर्नुहोस आज बिहिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ७६० जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ५२ जना र ११ देखि २० वर्षका १४३ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ४९९ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ४५१ जना रहेका छन् । ४१ देखि ५० वर्षका २९३, ५१ देखि ६० वर्षका २१० जना, ६१ देखि ७० का १२५ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ५३ जना, ८० देखि माथिका २६ जना र उमेर नखुलेका ५ जना रहेका छन् । अहिले देशभर ६२९ जना आईसीयूमा र १८१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






