गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार २९९ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ५६ जना र ११ देखि २० वर्षका १०२ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ३५७ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक २९६ जना रहेका छन् । ४१ देखि ५० वर्षका २३९, ५१ देखि ६० वर्षका १८२ जना, ६१ देखि ७० का ९४ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ४५ जना, ८० देखि माथिका १६ जना र उमेर नखुलेका ४ जना रहेका छन् । अहिले देशभर ६३२ जना आईसीयूमा र १८१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






