२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ आज मंगलबार थप १५ जनामा कोरोना संक्रमणबाट ज्यान गुमाउदा, थपिए यति संक्रमित

आज मंगलबार थप १५ जनामा कोरोना संक्रमणबाट ज्यान गुमाउदा, थपिए यति संक्रमित

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५०३ जना पिअिसार परीक्षण गर्दा १ हजार ७१८ र ५ हजार ८२ जनाको एन्टीजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर एक हजार ५६५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म ९ हजार २६३ जना संक्रमितको निको भइसकेको छन् । त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ५६५ संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख १२ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४ दशमलब ४ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार