गृहपृष्ठ आज बुधबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ? हेर्नुहोस…
आज बुधबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ? हेर्नुहोस…
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ९०५ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ७६ जना र ११ देखि २० वर्षका १८८ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ५१५ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ४४८ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३३७, ५१ देखि ६० वर्षका २२२ जना, ६१ देखि ७० का १११ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ७२ जना, ८० देखि माथिका ३९ जना र उमेर नखुलेका २ जना रहेका छन् । अहिले देशभर ५९९ जना आईसीयूमा र १७२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





