गृहपृष्ठ हेर्नुहोस आज शनिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
हेर्नुहोस आज शनिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १ हजार ८७५ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ४६ जना र ११ देखि २० वर्षका ११४ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ३२८ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ३१५ जना रहेका छन् । ४१ देखि ५० वर्षका १९८, ५१ देखि ६० वर्षका १४२ जना, ६१ देखि ७० का १०८ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ३५ जना, ८० देखि माथिका २३ जना र उमेर नखुलेका १ जना रहेका छन् । अहिले देशभर ५८३ जना आईसीयूमा र १७६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





