२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ नेपालमा आज आइतबार थप यति जनामा कोरोना पुष्टि, थप यति जनाले गुमाए ज्यान

नेपालमा आज आइतबार थप यति जनामा कोरोना पुष्टि, थप यति जनाले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा १ हजार ८७५ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६ हजार ८५८ पीसीआर र ३ हजार २०८ जनाको एन्टीजेन परीक्षणका क्रममा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ । गत २४ घण्टामा २ हजार १६४ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ ।

उक्त अवधिमा २१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार