२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ पछिल्लो २४ घन्टामा नेपालमा थप यति जनामा कोरोना पुष्टि, १८ जनाले गुमाए ज्यान

पछिल्लो २४ घन्टामा नेपालमा थप यति जनामा कोरोना पुष्टि, १८ जनाले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९७७ जना कोभिड १९ संक्रमित थपिएका छन् । १३ हजार ३९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८२ जनामा र ३ हजार ६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा संक्रमण देखिएको हो ।

यस्तै, १ हजार ६७८ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप १८ जनाको मृत्यु भइसकेको छ । देशभार हालसम्म कोभिड १९ संक्रमणका कारण ९ हजार ६७९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार