२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ लुम्बिनी प्रादेशिक अस्पतालमा १८ घण्टाभित्र पाँच जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा १८ घण्टाभित्र पाँच जना कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  रुपन्देही र गुल्मीका २/२ जना र प्यूठानका एक जना गरी पाँच जना संक्रमितको १८ घण्टाको अवधिमा मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ३२ वर्षीया महिला, बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय पुरुष, गुल्मीको चन्द्रकोट–५ का ५६ वर्षका पुरुष, गुल्मी इस्मा–५ का ७१ वर्षीय पुरुष र प्यूठानको सरुमारानी–२ की ६३ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरुमा असार २३ गतेदेखि साउन ४ गतेसम्म विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरुको शनिबार साढे एक बजेदेखि आइतबार बिहान सवा ६ बजेको अवधिमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार