गृहपृष्ठ नेपालमा आज शनिबार थप यति जनामा कोरोना पुष्टि, यति जनाले गुमाए ज्यान
नेपालमा आज शनिबार थप यति जनामा कोरोना पुष्टि, यति जनाले गुमाए ज्यान
नेपालमा आज देशभर ३ हजार १०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार ५१९ जनाको स्वाब परीक्षण गरिएको थियो ।
९ हजार २६३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २८० र ४ हजार २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ८२६ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, आज कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९१६ जना निको भएका छन् । शुक्रबार १ हजार ८१६ जना संक्रमणमुक्त भएका थिए ।





