गृहपृष्ठ हेर्नुहोस आज सोमबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
हेर्नुहोस आज सोमबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ३ हजार १२५ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ५७ जना र ११ देखि २० वर्षका १८१ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ५९२ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ५३८ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३७६, ५१ देखि ६० वर्षका २८९ जना, ६१ देखि ७० का १२५ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ८८ जना, ८० देखि माथिका २८ जना रहेका छन् । त्यस्तै ५ जनाको उमेर खुद्यन सकेको छैन । अहिले देशभर ६९० जना आईसीयूमा र १७५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





