गृहपृष्ठ नेपालमा आज बिहिबार थप यति जनामा कोरोना पुष्टि, थप यति जनाले गुमाए ज्यान
नेपालमा आज बिहिबार थप यति जनामा कोरोना पुष्टि, थप यति जनाले गुमाए ज्यान
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १८ हजार ४०८८ जनाको पिसिआर र एन्टीजेन परीक्षण गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८७० जनाको पिअिसार परीक्षण गर्दा ३ हजार ७ र ६ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ९३१ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २ हजार १२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ । देशभर ३४ हजार ४२२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ७१३ जना आइसियुमा र १५८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३७५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





