गृहपृष्ठ हेर्नुहोस आज शुक्रबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
हेर्नुहोस आज शुक्रबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ३ हजार ७२९ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ७० जना र ११ देखि २० वर्षका २०० जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ५९१ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ५९८ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३७९, ५१ देखि ६० वर्षका २७७ जना, ६१ देखि ७० का १६१ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ११२ जना, ८० देखि माथिका ३२ जना रहेका छन् । त्यस्तै १० जनाको उमेर खुद्यन सकेको छैन । अहिले देशभर ७३२ जना आईसीयूमा र १५८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





