२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ नेपालमा आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ४ हजार ९०४ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १०३ जना र ११ देखि २० वर्षका २४१ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ७८२ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ७२८ जना रहेका छन् । ४१ देखि ५० वर्षका ५१७, ५१ देखि ६० वर्षका ४१० जना, ६१ देखि ७० का २२८ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ११५ जना, ८० देखि माथिका ५० जना रहेका छन् । त्यस्तै २० जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर ७६१ जना आईसीयूमा र १७६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार