गृहपृष्ठ हेर्नुहोस नेपालका यी २१ जिल्लामा छन् पाँच सय भन्दा बढी सक्रिय संक्रमित
हेर्नुहोस नेपालका यी २१ जिल्लामा छन् पाँच सय भन्दा बढी सक्रिय संक्रमित
काठमाडौं । देशभर हाल २१ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । पाँच वटा प्रदेशमा गरी २१ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ को ३, बागमतीको ९, गण्डकीको ५, लुम्बिनीको २ र कर्णाली प्रदेशको एक वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन् । प्रदेश १ को मोरङ, सुनसरी र झापा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन् ।
प्रदेश २ को कुनै पनि जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छैनन् । बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोटमा पाँच सय बढी सक्रिय संक्रमित छन् ।
त्यस्तै गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा र तनहुँ, लुम्बिनीको दाङ र रुपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै १६ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यो सूचीमा धनकुटा, धनुषा, बारा, सप्तरी, सिरहा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कञ्चनपुर छन् ।
गत २४ घण्टामा देशभर २ हजार २१२ जना नयाँ सक्रमित थपिएका छन् । देशभर हाल सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ पुगेको मन्त्रालयले जनाएको छ ।





