२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ हेर्नुहोस आज शनिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

हेर्नुहोस आज शनिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ७५ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ५१ जना र ११ देखि २० वर्षका ९६ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ३५९ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ३४४ जना रहेका छन् । ४१ देखि ५० वर्षका २२१, ५१ देखि ६० वर्षका १६८ जना, ६१ देखि ७० का ८६ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ८० जना, ८० देखि माथिका १७ जना रहेका छन् । त्यस्तै २ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर ७१८ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार