२०८३ भदौ ५ गते शुक्रवार | August 21, 2026

गृहपृष्ठ नेपालमा थप २३ संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?

नेपालमा थप २३ संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३३४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७७३ जनाको पिअिसार परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ जनाको एन्टीजेन परीक्षण गर्दा ३९९ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २ हजार २७४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । देशभर २७४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २३ एक जना संक्रमितको मृत्यु भएको छ । देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३० हजार ६६२ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा दुई हजार ३४४ संक्रमित छन् भने ५४० जना आइसियुमा र १५६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार