२०८३ असोज १४ गते बुधवार | September 30, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थपिए यति संक्रमित,थप यति जनाले गुमाए ज्यान ?

पछिल्लो २४ घण्टामा नेपालमा थपिए यति संक्रमित,थप यति जनाले गुमाए ज्यान ?

काठमाडौं,८,असोज । पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार ५५० जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ भने ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार