गृहपृष्ठ नेपालमा आज सोमबार कुन उमेरका कति संक्रमित थपिए ? हेर्नुहोस उमेर अनुसार विवरण
नेपालमा आज सोमबार कुन उमेरका कति संक्रमित थपिए ? हेर्नुहोस उमेर अनुसार विवरण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १ हजार २८२ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका २० जना र १० देखि २० वर्षका ६३ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका २५३ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि २३८ जना रहेका छन् । ४१ देखि ५० वर्षका १५९, ५१ देखि ६० वर्षका १०९ जना, ६१ देखि ७० का ६४ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ३८ जना, ८० देखि माथिका २६ जना रहेका छन् । ५ जनाको भने उमेर खुल्न सकेन । अहिले देशभर ३८५ जना आईसीयूमा र १२५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।












