गृहपृष्ठ पछिल्लो २४ घन्टामा नेपालमा कुन उमेरका कति संक्रमित थपिए ? हेर्नुहोस
पछिल्लो २४ घन्टामा नेपालमा कुन उमेरका कति संक्रमित थपिए ? हेर्नुहोस
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १ हजार १५८ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १४ जना र १० देखि २० वर्षका ७८ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका २०७ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि २११ जना रहेका छन् । ४१ देखि ५० वर्षका १५७, ५१ देखि ६० वर्षका ११८ जना, ६१ देखि ७० का ५५ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ४० जना, ८० देखि माथिका १८ जना रहेका छन् । ६ जनाको भने उमेर खुल्न सकेन । अहिले देशभर ३६४ जना आईसीयूमा र १२० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





