२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ नेपालमा घट्दै कोरोना संक्रमण, मृत्युदर पनि घट्यो

नेपालमा घट्दै कोरोना संक्रमण, मृत्युदर पनि घट्यो

काठमाडौं,७ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ७ हजार ६२५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५५७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पिअिसार परीक्षण गर्दा ५२२ र १ हजार ५६४ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ८७७ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १० हजार २०१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २२० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार