२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ आज शुक्रबार नेपालमा थपिए यति संक्रमित,हेर्नुहोस कुन जिल्लामा कति थपिए ?

आज शुक्रबार नेपालमा थपिए यति संक्रमित,हेर्नुहोस कुन जिल्लामा कति थपिए ?

काठमाडौं,२६ कार्तिक। पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी ३९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४७९ पुगेको छ भने ७ लाख ९७ हजार ४४८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ जना रहेका छन् । जसमध्ये ६ हजार ९४५ जना होम आइसोलेसनमा रहेका छन् भने ५५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९० जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १२५, ललितपुरमा ४२, रुपन्देहीमा ३१, कास्कीमा १६, कैलालीमा १२, सुनसरीमा ११ र तनहुँमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार