२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना पुष्टि, यी पाँच जिल्लामा शून्य संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना पुष्टि, यी पाँच जिल्लामा शून्य संक्रमित

काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार कूल आठ हजार ९७२ जनाको नमूना परीक्षण गर्दा २९६ जनामा कोरोना पोजिटिभ देखिएको हो । जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट २७१ र एन्टिजेन विधिबाट २५ संक्रमित पहिचान भएका छन् ।

उक्त अवधिमा कूल सात हजार ७७७ जनाको पीसीआर र एक हजार १९५ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो । उक्त अवधिमा कोरोना संक्रमणका कारण पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, ३६९ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा संक्रमितको संख्या शून्यमा झरेको छ । जसमा ओखलढुङ्गा, मनाङ, हुम्ला, जाजरकोट र मुगु छन् ।

शुक्रबार काठमाडौं र ललितपुरमा पाँच सयभन्दा बढी संक्रमित छन् र नौ जिल्लामा २०० भन्दा बढी संक्रमित छन् । जसमा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वीनवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार