२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ बेलायतमा एकै दिनमा १ लाख कोभिड संक्रमति

बेलायतमा एकै दिनमा १ लाख कोभिड संक्रमति

लन्डन, ८ पौष। बेलायतमा कोभिडबाट एकै दिन अहिले सम्मकै उच्च संख्यामा संक्रमित भएका छन् ।  पछिल्लो तथ्यांक अनुसार १ लाख ६ हजार १२२ जनालाई कोभिड भएको छ । ती मध्ये १३ हजार १ सय ८१ जना ओमिक्रोनबाट संक्रमित छन् । बेलायतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा बेलायतमा १४० जनाको कोभिडबाट ज्यान गएको छ । ८ हजार भन्दा बढी कोरोना संक्रमणका कारणले अस्पताल भर्ना भएका छन्  । ती मध्ये ८४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार