गृहपृष्ठ बालबालिकालाई विद्यालममै मोडर्ना खोप दिन सुरू
बालबालिकालाई विद्यालममै मोडर्ना खोप दिन सुरू
उदयपुर, १५ पुस। जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकालाई काेराेना भाइरसविरुद्धकाे मोडर्ना खोप दिन थालेकाे छ । उनीहरूलाई बिद्यालयमै पुगेर खाेप दिन थालिएकाे हाे । १२ देखि १७ वर्ष उमेर समूहका बालिबालिकालाई लक्षित गर्दै काेरानाविरद्धकाे खोप दिन थालिएकाे हाे ।
अमेरिकन कम्पनीले उत्पादन गरेकाे मोडर्ना खोप त्रियुगा नगरपालिकासहित सबै स्थानीय तहका संस्थागत तथा सामुदायिक विद्यालयमार्फत लगाउन सुरु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरन्जिवी निरौलाले बताए । उनका अनुसार उदयपुरमा ४३ हजार ६ सय डाेज मोडर्ना खोप आएको छ ।
उदयपुरका चार नगरपालिका त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका तथा ४ गाउँपालिका लिम्चुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढीमा खोप लगाउन बाँकी जनसंख्याको आधारमा वितरण गरेकाे निरौलाले जानकारी दिए ।





