२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थपिए यति कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा थपिए यति कोरोना संक्रमित

काठमाडौं,२४ पुस। देशभर थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९६ र एन्टिजेन विधिबाट २४८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा थप २९७ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल संक्रमितमध्ये ८ लाख १४ हजार ६ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।

हाल देशभर ५ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् । कोभिड-१९ को संक्रमणबाट आज कसैको पनि मृत्यु भने भएको छैन । अहिलेसम्म संक्रमणबाट ११ हजार ६०२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार