गृहपृष्ठ ‘रेड जोन’मा छन् यी ७ जिल्ला, यी जिल्लामा सक्रिय संक्रमित संख्या शून्य
‘रेड जोन’मा छन् यी ७ जिल्ला, यी जिल्लामा सक्रिय संक्रमित संख्या शून्य
काठमाडौं । देशभर हाल तीन वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । एक वटा प्रदेशका तीन् जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशको तीन जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित छन् । यो सूचीमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला रहेका छन् । यस्तै ४ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
सुनसरी, कास्की, बाँके र कैलालीमा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । रसुवा, मनाङ, मुस्ताङ र मुगु जिल्लामा भने सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।





