२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा यति धेरै जनामा काेराेना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा यति धेरै जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं, २६ पुस।  पछिल्लो २४ घण्टामा १४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा ११ हजार चार सय २९ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित पुष्टि भएका हुन् ।

यस्तैगरी, कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने दुई सय ५५ जना कोरोनामुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६ सय ६ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार