२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा थपिए यति नयाँ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थपिए यति नयाँ संक्रमित

काठमाडौं, १० माघ। नेपालमा पछिल्लो २४ घन्टामा १० हजार तीन सय १९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । २१ हजार दुई सय एकजनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पिसिआर आठ हजार ५४ र एन्टिजेन परीक्षण ४५ सय ४७ जनामा गर्दा १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा २५ सय ४० जना संक्रमणमुक्त र चारजनाको मृत्यु भएको छ । मन्त्रालयलका अनुसार यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार पाँच सय ५० पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार