२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाउदा, थपिए यति संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाउदा, थपिए यति संक्रमित

काठमाडौं,११ माघ । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा तीन हजार ४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित छन् । म‌ंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ । आज थप आठजनासहित मृत्‍यु हुनेको कूल संख्या ११ हजार ६६७ पुगेको छ भने ८ लाख २७ हजार २७९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितमध्ये ८७ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ८१७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार