२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा संक्रमण हुने भन्दा निको हुने संख्या धेरै

नेपालमा पछिल्लो २४ घण्टामा संक्रमण हुने भन्दा निको हुने संख्या धेरै

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३,३१८ तथा एन्टिजेन विधिबाट १,५८६ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५,९२४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाले ज्यान पनि गुमाएका छन् ।

योसँगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३९२ जना पुगेको छ । कुल संक्रमितमध्ये ८७ हजार ३२९ जना सक्रिय संक्रमित छन् । आजसहित देशभर निको हुनेको संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ । हाल १३९ जना क्वारेन्टाइनमा छन् । २८६ जना आइसीयू र ४७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार