२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ नेपालमा आज थपिए यति कोरोना संक्रमित

नेपालमा आज थपिए यति कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ जनाको नमूना परीक्षण गर्दा आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा ९ हजार ९१० नमूनाको पीसीआर र ३ हजार २३५ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ हजार ४९ जना र एन्टिजेन परीक्षणबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, गत २४ घण्टाको अवधिमा ६ हजार ३५९ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार