२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ हेर्नुहोस् आज नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

हेर्नुहोस् आज नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ५२६ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ३५ जना र ११ देखि २० वर्षका ९८ जना रहेका छन् ।

त्यस्तै, २१ देखि ३० सम्मका ४२४ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि ३८३ जना रहेका छन् । ४१ देखि ५० वर्षका २३८, ५१ देखि ६० वर्षका १६७ जना, ६१ देखि ७० का १३२ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ७८ जना रहेका छन् । ८० वर्षमाथिका ४५ जना संक्रमित भएका छन् । २ जनाको उमेर खुलेको छैन । त्यसैगरी अहिले देशभर ५६ हजार ४५७ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार