२०८३ कात्तिक २७ गते बिहीवार | November 12, 2026

गृहपृष्ठ २५ चैत्रबाट संचालन हुने टाइफाइड खोप अभियानमा सबै बालबालिकालाई सहभागी गराउन रामग्राम नगरपालिकाको आग्रह

२५ चैत्रबाट संचालन हुने टाइफाइड खोप अभियानमा सबै बालबालिकालाई सहभागी गराउन रामग्राम नगरपालिकाको आग्रह

परासी, २२ चैत्र । रामग्राम नगरपालिकामा टाईफाईड खोप अभियान संचालन हुन लागेको छ । १५ महिना देखि १५ बर्ष मुनीका बालबालिकाहरुलाई एकडोज दिईने उक्त खोप यहि चैत २५ गतेदेखि ३० गतेसम्म संचालन हुन लागेको हो । रामग्राम नगरपालिकाद्धारा सोमबार आयोजित पालिका स्तरमा टाइफाइड खोप अभियान संचालन तथा नियमति खोपमा टाइफाइड खोप शुरुवात सम्बन्धि सरोकारवालाहरुलाई अभिमुखीकरणमा अभियान बारे जानकारी दिइएको थियो ।

कार्यक्रममा स्वास्थ्य शाखाका सह संयोजक अनिल खडका र स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज गौतमले टाईफाईड रोगको परिचय, यसका लक्षण र बच्ने उपाय र यसको संक्रामक बारे जानकारी दिदै यस अभियानमा सबैको सहयोगको अपेक्षा समेत गरेका थिए । टाईफाईड रोग व्यवसकको तुल्नामा बालबालिकाहरुमा ११ गुणा बढि संक्रामक हुने र यसबाट ज्यान जाने समेतको खतरा उच्च रहने हुँदा यस खोपमा नगरका सबै बालबालिकाहरुलाई सहभागी गराउन नगरबासीहरुलाई स्वास्थ्य शाखाले यसै संचारमाध्यमबाट आग्रह पनि गरेको छ ।

यहि चैत २५ गते देखि संचालन हुने उक्त टाईफाईड खोप नजिक पर्ने विद्यालयहरुमा संचालन हुनेछ । उक्त खोपकेन्द्रहरुमा अध्ययनरत विद्यार्थीहरु र विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई पनि उनका अभिभावकले उक्त खोपकेन्द्रमा ल्याई खोप लगाउन शाखाले आग्रह गरेको छ । यो खोप देशव्यापी रहेकाले यस खोपमा सबै बालबालिकाहरुको सहभागिता रहोस भनि रामग्राम नगरपालिकाले सम्पुर्ण सरोकारवालाहरुमा आग्रह गरेको छ ।

यस अभियानमा छुटेका बालबालिकाहरु पछि खोप नपाउने सक्ने सम्भावना रहेकाले कोईपनि नछुटने गरि सहभागी हुन सबै नगरबासी अभिभावकहरुमा नगरपालिका अपिल गरेको छ । यो खोप अभियान सम्पन्न भएपनि यो खोप पछि नियमित हुने र १५ महिनाको उमेरका बालबालकाहरुलाई नियमित रुपमा प्रदान गरिने सिअहेब अधिकृत बलराम सापकोटाले जानकारी दिनुभयो ।

यो खोप बालबालिकाहरुका लागि निकै मह्त्वपुर्ण रहेकाले आफनो नजिक पर्ने विद्यालयका खोपकेन्द्रमा गई आ–आफनो बालबालिकाहरुलाई खोप लगाउन स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले आग्रह गर्नु भयो । यस अभियानमा सबै वडाका जनप्रतिनिधिहरुले विशेष ध्यान दिई सघाउन आवश्यक रहेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले आग्रह गर्नुभयो । नगर उप-प्रमुख रम्भा कुँवरको अध्यक्षता तथा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । यो खोप जिल्लाको ७ वटै पालिकाहरुमा पनि प्रदान गरिदै छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार