गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थपिए ११ संक्रमित
पछिल्लो २४ घण्टामा नेपालमा थपिए ११ संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११९ जनाको पीसीआर परीक्षणमा ८ जना र १ हजारु ७७२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १७ जना निको भएका छन्। हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन् ।





