२०८३ जेठ १७ गते आइतवार | May 31, 2026

गृहपृष्ठ कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार १ सय १९ पिसिआर परीक्षणका क्रममा ५ जना र ८ सय ५० एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५२ जना निको भएका छन् ।हाल नेपालमा १ सय १४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार