२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ आजदेखि यी सत्ताइस जिल्लाका बालबालिकालाई कोरोनाविरुद्ध फाइजर खोप दिइँदै

आजदेखि यी सत्ताइस जिल्लाका बालबालिकालाई कोरोनाविरुद्ध फाइजर खोप दिइँदै

काठमाडौँ । सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप दिन लागिएको हो । बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ ।

आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्लामा झापा, इलाम मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन् ।

त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ । बाँकी ५० जिल्लामा भने ५ भदौदेखि खोप कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सरकारको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार