२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ६१२ एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । बुधबार १९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार