२०८३ साउन १३ गते बुधवार | July 29, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ८३४ जनाको पीसीआर परीक्षणमा १२९ जना र १ हजार १८६ जनाको एन्टीजेन परीक्षणमा ३९ जना गरी १६८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। यससँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार