२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २ जनाले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २ जनाले गुमाए ज्यान

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपराह्न दिएको जानकारीअनुसार पाँच हजार ५५ जनामा परीक्षण गर्दा ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

दुई हजार २१५ नमुनाको पीसीआर परीक्षण गर्दा ४०० जनामा र दुई हजार ८४० नमुनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । यो सँगै सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने २१८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार