२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ आज नेपालमा थपिए ९१२ जना कोरोना संक्रमित

आज नेपालमा थपिए ९१२ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ९ सय ४१ पिसिआर परिक्षणका क्रममा ५ सय २९ जना र ३ हजार ५ सय ५० एन्टीजेन परिक्षणका क्रममा ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण १ जनाको मृत्‍यु भएको छ ।हालस्म्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ७० जनाको मृत्यु भएको छ । हाल नेपालमा ५ हजार ७ सय ६० सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार