२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ७० पिसिआर परीक्षणका क्रममा १ सय ८० जना र २ हजार ६ सय ६७ एन्टीजेन परीक्षणका क्रममा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५ सय ७७ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ६ सय २५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार