२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाउदा, थपिए २०६ जना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाउदा, थपिए २०६ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ भने २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार