२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ नेपालमा आज थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ७ सय ५३ पिसिआर परीक्षणका क्रममा २५ जना र १ हजार १ सय २९ एन्टीजेन परीक्षणका क्रममा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ८ सय ३० सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार