२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ नेपालमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ सय ४८ पिसिआर परीक्षणका क्रममा १२ जना र ४ सय ७६ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने थप २९ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार