गृहपृष्ठ २०७७ कार्तिक १६ गते देखि २२ गतेसम्मको साप्ताहिक राशिफल
२०७७ कार्तिक १६ गते देखि २२ गतेसम्मको साप्ताहिक राशिफल
मेष: राम्रो समय छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ ।सन्तान पक्षबाट सहयोग मिल्ने छ । धार्मिक तथा परोपकारीक क्षेत्रमा रुचि बढ्ने छ।
वृष: उत्तम समय छ ।राजनीतिक क्षेत्रमा राम्रो छ।कारोबारमा फाइदा होला।गरिएको काम बाट सन्तुष्टि मिल्ने छ ।
मिथुन : सामान्य समय छ । अनावश्यक खर्च बढ्न सक्छ ।पारिवारिक विवादले सताउन सक्छ ।२० गते पछिका दिन राम्रो छन् ।
कर्कट: उत्तम समय छ। धर्म तथा अध्यात्ममा रुची बढ्नेछ ।ब्यापार व्यवसायबाट फाइदा होला , मिष्टान भोजन प्राप्ति हुनेछ ।
सिह: राम्रो समय छ।धन,धर्म , प्रतिष्ठा बढ्ने छ।कृषि तथा ब्यापार बाट फाइदा हुनेछ । घरमा शुभ कार्य सम्पन्न होला ।
कन्या : अनुकुल समय छ ।रोकिएको धन हाता पर्ने छ । मन प्रसन्न रहने छ । धार्मिक यात्राको योग छ। ब्यापारमा फाइदा हुनेछ । पारिवारिक सुखशान्ती मिल्ने छ ।
तुला: तपाईंको लागी यो समय आफ्नो पक्षमा रहेको छ। जागीर नोकरीमा पदोन्नति हुनेछ । मिष्ठान भोजन मिल्ने छ । प्रेममा सफलता मिल्नेछ ।कार्य सफल छ ।
वृश्चिक: समय सामन्य छ । स्वास्थ्यमा चिसो सम्बन्धि बिमारले सताउने छ । मंगलवार पछि राम्रो समय छ ।घरमा शुभ कार्य हुन सक्छ । यात्रा सफल छ ।
धनु: तपाईंकोलागि यो समय निकै राम्रो छ । मान प्रतिष्ठा बढ्ने छ। यात्रा र सहयात्रा सफल हुनेछ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ। ब्यापारमा फाइदा हुनेछ । सप्ताहन्तमा केहि चुनौती देखा पर्ने छ्न् ।
मकर : सामान्य समय छ ।आय ब्याय बराबर हुनेछ ।आफन्तबाट धोका हुन सक्छ ।पारिवारिक बिवाद बढ्न सक्छ। लक्षित लक्ष्य पुर्ती हुनेछ। स्वास्थमा सुधार आउने छ।
कुम्भ : भाग्योदयको समय छ। धर्मकर्म प्रति रूचि बढ्ने छ। सभा सम्मेलन सहभागी हुने योग छ । रोजगारमा पदोन्नति हुनेछ। शिक्षा तथा खेलकुदमा रुचि बढ्ने छ।
मीन: समय मध्यम छ । ब्यापारमा केहि नोक्सानी बेहोर्नु पर्नेछ । आफन्त भनिएका बाटै धोका हुनेछ बुधबार पछि राम्रो समय आउने छ ।आट उत्साह बढ्ने छ।
प्रस्तुतकर्ता :ज्यो.चक्रपाणी डुम्रे (शास्त्री) अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र ति.न. पा. १ नयाँमिलचोक रूपन्देही मोबाइल नं.९८५७०३५४६१











